चलचित्र ‘पोई पर्या काले’ अब डिसहोममा हेर्न पाइने

२५ कार्तिक २०७६, सोमबार १४:२८

काठमाडौं , चलचित्र ‘पोई पर्या काले’ अब डिसहोममा रिलिज भएको छ । कार्तिक ८ गते बाट प्रदर्शनमा आएको यो चलचित्र शुक्रबारबाट डिसहोममा पनि हेर्न पाइने भएको हो । चलचित्र ‘पोई पर्या काले’ डिसहोमको च्यानल नम्बर १०८ मा रिलिज भएको जनाइएको छ । चलचित्र ‘पोई पर्या काले’ अब डिसहोममा रु ३२५ मै घरमै हेर्न पाइनेछ ।

यो चलचित्र हलहरुमा पनि निकै रुचाइएको थियो । अब हलहरुमा नहेरेकाले आफ्नै घरमा परिवारसंग बसेर यो चलचित्र हेर्न पाउनेछन् । दिपक मनाङ्गे र सरोज नेपाली निर्माता रहेको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।