कृषि सहकारी संघ काभ्रेको अध्यक्षमा नेपाल निर्वाचित

१७ कार्तिक २०७६, आईतवार १०:१५

काभ्रे , जिल्ला कृषि सहकारी संघ काभ्रेको चौथो साधारणसभा बाट अध्यक्षमा सुमन नेपाल बिजयी हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष नेपाल पत्रकार एबम कुशल सहकारी अभियान्ता एबम् चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहनु भएका नेपाल पत्रकारिता संगै राजनीतिमा समेत क्रियाशील हुनुहुन्छ ।

यस्तै साधारणसभा बाट उपाध्यक्षमा सनतनु केसी, सचिवमा राम राजथिङ,कोषाध्यक्षमा जमुना लामा, र सदस्यमा सीता दङ्गाल, लेखासमिती संयोजकमा कृष्ण हरि कोइराला, सदस्यमा बिमलाकुमारी थापा र कल्याण कुमार राय निर्वाचित भएका छन् । अधिकांश कार्यसमिति सानाकिसान कृषि सहकारी काभ्रेका संचालक छन् ।