आफ्नै साथीमाथि गोली प्रहारः २ जनाको मृत्यु ३ जना गम्भिर घाइते

२९ कार्तिक २०७६, शुक्रबार ११:२९

एजेन्सी , अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित उच्च माध्यामिक विद्यालयमा एक विद्यार्थीले आफ्ना ५ साथीमाथि गोली चलाएका छन्। घटनामा १६ वर्षकी एक किशोरी र १४ वर्षीय एक किशोरको मृत्यु भएको छ भने बाँकी तीनजनाको अवस्था गम्भीर छ। आफ्नो जन्मदिनको दिन ती विद्यार्थीले कम्मरमा पेस्तोल बोकेर विद्यालय गएको र १६ सेकेन्डभित्रमा पाँच जना साथीमाथि गोली चलाएको प्रहरीले जनाएको छ। साथीमाथि गोली चलाएपछि उनले आफूमाथि पनि गोली चलाएका थिए। लस एन्जल्सका एक अधिकारीले गोली चलाउने नथानेल बेर्हो नामका विद्यार्थीको अवस्था पनि गम्भीर रहेको बताएका छन्। बिहान कक्षा सुरु हुनुभन्दा अघि नै उनले गोली चलाएको र गोली चलेको थाहा पाउनासाथ अधिकांश विद्यार्थीहरु भागेको अधिकारीहरुले जनाएका छन्। प्रहरीले घटनामा कुनै आतंकवादी संगठनको हात नरहेको अनुमान गरेका छन्। विद्यार्थीबीचको आपसी टसलका कारण गोली चलेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।