अन्तर्राष्ट्रिय विमानस्थलमा एकआपसमा विमान ठोक्किए

२२ कार्तिक २०७६, शुक्रबार १५:२६

काठमाडौं , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक पार्किङ वेमा निजी कम्पनीका श्री र यतीको जहाज एकआपसमा ठोक्किएको हो । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई ठोक्किएको विमानस्थलले जानकारी दिएको छ । जहाजमा सामान्य क्षति भएको र यात्रुलाई असर भने नगरेको बताइएको छ । विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किपछि अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले ती जहाजको निरीक्षण गरिरहेका छन् ।