अचेत अवस्थामा फेला परेकी महिलाको उपचारको क्रममा मृत्यु

४ मंसिर २०७६, बुधबार १३:३४

जलेश्वर । गए राति महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थितमा अचेत अवस्थामा फेला परेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी पचास वर्षीया महिलाको उपचारको क्रममा आज बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

नाम, थर, वतन नखुलेको, गहुँगोरो वर्ण, जीउडाल मोटो भएकी ती महिला भारतको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । अचेत अवस्थामा फेला परेकी महिलालाई गए राति नै प्रहरीले जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेको र सोही अस्पतालमा आज बिहान करीब २ बजे निधन भएको जनाइएको छ ।