काठमाण्डौ , नेपाल क्रिकेट संघ(क्यान) ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको छ ।
पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो ।
अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए । गएको असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए ।