काठमाडौं , साढे दुई करोडसहित पक्राउ परेका जुवाडेहरू आफूहरुलाई अन्याय भएको भन्दै सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा बुधबार सुनुवाई हुँदैछ।
राजधानीबाट पक्राउ परेका जुवाडेलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराइसकेको छ। पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति समातिएका जुवाडेमध्ये ६ जनालाई अदालतमा उपस्थित गराइएको हो। महानगरीय प्रहरी वृत महाजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार पवित्रकुमार कार्की, बलराम सापकोटा, विक्रम गौतम, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता र मुक्ति लामालाई अदालतमा उपस्थित गराइएको छ।
अहिले सर्वोच्च अदालतका न्यायधीश पुरुषोत्तम भण्डारीको इजलासमा पक्राउ परेका जुवाडेहरुको बयान लिने काम भइरहेको छ।
महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले विक्रम गौतमको घरमा जुवा खेलिरेको अवस्थामा गत शनिबार बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ , हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेको थियो।