
काठमाडौं , काठमाडौंमा जुवा खालबाट २५ जना पक्राउ परेका छन् ।महाराजगंजको पिपलमार्गस्थित विक्रम गौतमको घरमा मिनि क्यासिनोको रुपमा अवैध रुपमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीको टोली सो स्थानमा गइ चेक जाँच गर्दा २५ जना पक्राउ परेका हुन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीका अनुसार पक्राउ पर्नेमा २५ जना रहेका छन् । उनीहरुको साथबाट दुई करोड ६७ लाख रुपैयाँ बरामद भएको उहाँले जानकारी दिनु भयो । पक्राउ परेकाहरुको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विक्रम गौतम, रामकृष्ण केसी, ईन्द्र श्रेष्ठ, रञ्जन राजवंशी, श्यामप्रसाद पराजुली, अशोक श्रेष्ठ, सिताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन अग्रवाल, सुमन गुरुङ, सोवित सिलवाल, सोहल कार्की, पवन अग्रवाल, पवित्र कुमार कार्की, बलराम सापकोटा, धावा लामा, मुक्ती लामा, शम्भु बुढाथोकी, प्रेम थापा मगर, बुद्ध लामा, नवाङ्ग लामा, प्रदीप बोगटी रहेका छन् । उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
