आक्रामक योजना बनाउने विप्लवको रणनीति

८ कार्तिक २०७६, शुक्रबार ०८:३०

काठमाडौं , विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै जिल्लामा गतिविधि बढाएको छ। संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको छ।

जनसत्तासँगै सेनाको तालिम र प्रशिक्षणका लागि युवाहरूलाई आह्वान गरेको छ।

सदस्यता वृद्धिलाई तीव्र बनाएको छ। चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालनलगायतका कार्यमा क्रियाशील भएको काभ्रे जिल्ला सदस्य रमेश नेपालीले जानकारी दिए ।

राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि सञ्चालन गरिरहेको उनले बताए ।