
तस्बिर सौजन्य एभिन्यूज खबर
बैतडी , बैतडीमा डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ । सोमबार बैतडीमा डोजरले स्थानीय महिलालाई हुत्याएर फालेको थियो ।
डोजरले गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले चालक किशोर बोहरालाई नियन्त्रणमा लिएर उनिविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) किसन चन्दले जानकारी दिनुभयो ।
अहिले डोजर चालक बोहरामाथी जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको बताइएको छ ।
