अहिले पार्टीभित्र कुनै विवाद छैन्ः रायमाझी

५ कार्तिक २०७६, मंगलवार १७:१६

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै विवाद नभएको स्पष्ट पार्नु भएको छ । उहाँले भन्नु भयो ,‘बरु, अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ । तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले हरेक पाटीृभित्र विधि र राजनीतिको विषयमा आ–आफ्नो मूल्य र मान्यता रहने बताउनु भयो ।

रायमाझीले भन्नु भयो ,‘यतिवेला दुई तिहाई बहुमतको सरकार छ । विकास र समृद्धिको एक सूत्रीय एजेण्डा छ । विरोध र समर्थन छन् । अहिले भनेको पूरानो एजेण्डाको निरन्तरता होईन । कतिपयले सरकार पनि पूरानोको निरन्तरता बुझेका छन् । तर, यो होईन । हामी नयाँ व्यवस्था, नयाँ संविधानमा छौं । विकास र समृद्धको एजेण्डामा छौं । संविधान कार्यान्वयनको एजेण्डामा अघि बढेका छौं । सर्यौं कानुन बनाएका छौं । विकास र समृद्धिका जग हालेका छौं । यद्धपी जनताले चाहेजस्तो खासगरी अपेक्षाअनुसार अझै काम भएका छैनन् । सरकारले परीणाम दिन सकेको छैन् । केही ढिलासुस्ती भएको हो । तर, जग हाल्नको लागि कानुन बनाउनको लागि हामीलाई समय लाग्यो । अब विकास र समृद्धि देखिन्छ ।’

उहाँले छिट्टै तिव्र रुपमा परीणाम आउन लागेको पनि बताउनु भयो । उहाँले भननु भयो ,‘संघीय सरकारबाट ठूला आयोजनाहरु प्रदेशबाट मझौला र स्थानीय सरकारबाट साना प्रकारका आयोजनाहरु धमाधम अघि बढिरहेका छन् । तीनै तहका सरकारबाट ठूला, मझौला र साना आयोजनवाहरु सञ्चालन गरिरहेका छौं । पूर्वाधार विकासका आयोजनाहरु जोडदा र विकासका परीणाम निकाल्दा आगामी दिनहरु र वर्षहरु उथुलपुथलका वर्षहरु हुनेछन् ।’

उहाँले राष्ट्रिय जनमोर्चाले भनेजस्तो संघीयतानै बेठीक हो भन्ने कुरामा आफूहरु सहमत हुन नसक्ने जिकिर गर्नु भयो । उहाँले भन्नु भयो ,‘संघीयता भनेको त जनताले स्विकार गरेको कुरा हो । संविधानसभाबाट ९५ प्रतिशतले अनुमोदन गरेको एजेण्डा हो । यो कुनै जबरजस्ती ल्याईैएको एजेण्डा होईन् ।’ रायमाझीले भ्रष्टाचार र व्यभिचार देखापरेको बताउनु भयो । उहाँले भन्नु भयो ,‘भ्रष्टाचार र व्यभिचार सतहमा आएका छन् । अब संघीय गणतन्त्र आईसकेपछि चेतना आईसक्यो । पूराना घट्नालाई चिहानबाट, तलबाट ल्याईएका छन् ।गलत गर्ने जो कसैलाई पनि राज्यले छोड्दैन् । घट्नाबाट कोही पनि बच्नेवाला छैन् । यो बर्वाद होईन, ठीक भयो । हिजोको सरकारले घटना बाहिर ल्याउन चाहेको थिएन । तर, यो सरकारले ल्यायो ।’