काठमाडौं, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।
देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले सो निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको पार्टीका नेता सिपी गजुरेलले जानकारी दिनु भयो ।
नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बनाएर यस अघिको संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएको थियो । तर अव हुने उपनिर्वाचनले जनता र देशको समस्या समाधान नगर्ने भएकाले सो उपनिर्वाचन बहिष्कार गर्ने निर्णय पार्टीले लिएको नेता गजुरेलको भनाई छ ।