काठमाण्डौ , नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष जगत बरामले चौधरीलाई बिना शर्त तत्काल रिहा नगरे सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।
शुक्रबार र शनिबार काठमाण्डौमा सम्पन्न ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन’ले जारी गरेको आदिवासी जनजातिहरुको काठमाण्डौ घोषणा पत्र सार्वजनिक गर्दै उहाँले विश्वमा रहेका सबै नेपाली आदिवासी जनजातिहरुलाई पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष बरामले सम्मेलनले संविधान संशोधन गरेर आदिवासी जनजातिहरुलाई पनि राज्यका सबै निकाय र तहमा समान प्रतिनिधित्व व्यवस्था गराउन पनि सरकारलाई दबाब दिएको बताउनुभयो ।