काठमाण्डौ , निलम्बित सांसद मोहम्मद अफताब आलमलाई रौटहट जिल्ला अदालतले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाइ समय दिइएको छ ।
प्रहरीले आइतबार अनुसन्धानका लागि थप समय चाहिएको भन्दै म्याद थप गर्न जिल्ला अदालत रौतहटमा उपस्थित गराएको थियो । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो ।