काठमाडौँ , निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । थपिएको समय सिमा भित्र अनुसन्धान पूरा हुन नसके पछि महरालाई पुनः अदालत लगिन लागेको हो ।
महरालाई जबरजस्तीकरणी उद्योगको मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँले २८ असोजमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । म्याद थपका लागि महरालाई प्रहरीले आइतबार पुनः अदालतमा उपस्थित गराउन लागेको हो ।
एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा हुनुहुन्छ ।