काठमाडौं, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना हुनु भएको छ । भारतीय मिडियाहरुका अनुसार उहाँ पछिल्लो चार दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचार गराईरहनु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान २ बजे अस्पताल भर्ना गरिएको थियो। उहाँको पछिल्लो स्वास्थ्य अवस्था सार्वजानिक गरिएको भने छैन। उहाँको अस्पतालको गोप्य स्थानमा उपचार भैरहेको छ।
७७ वर्षीया बच्चनलाई कलेजोमा समस्या देखिएको अनुमान गरिएको छ। सन् १९८२ मा चलचित्र ‘कुली’को छायांकनको क्रममा चोट लागेदेखि उहाँमा समस्या हुन थालेको बताइएको छ।
फिल्म छायांकनको क्रममा चोट लाग्दा उहाँलाई अस्पतालको गल्तिले हेपाटाइटिस ‘बी’ को बिरामीको रगत चढाइएको थियो। उहाँको कलेजो ७५ प्रतिशत ड्यामेज भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। एजेन्सीको सहयोगमा