काठमाडौं , सहिद गंगालाल हृदय रोग केन्द्रअन्तर्गत अस्पतालको सफ्टवेयर ह्याक भएको छ । नेपालबाहिर रहेका ह्याकरको समूहले सफ्टवक गरेका हुन् । केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो ९सिआइबी०लाई जानकारी दिएर सूचना गोप्य राखेको छ ।
ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकमसमेत मागेका छन् । समूहले बिट क्वाइन रकम मागेका छन् । उनीहरुले बिट क्वाइनमार्फत फिरौती लेनदेन गर्ने, त्यसमार्फत मात्रै पैसा जम्मा हुनसक्ने बताएका छन् । यदि त्यसो नगरे अस्पतालको सबै विवरण बाहिर ल्याउने धम्की दिइरहेको अस्पताल निकट स्रोतले बतायो ।
ह्याकहरूले कम्प्युटरको सबै विवरण पुरानै अवस्थामा ल्याउनका लागि १५ लाख आवश्यक भएको बताएका छन् ।
ह्याकरले १५ लाख रुपैयाँभन्दा बढी रकम मागेको खुलेको छ । रकम नदिए अस्पतालसँग सम्बन्धित सम्पूर्ण सूचना सार्वजनिक गर्ने ह्याकर समूहको धम्की छ । अस्पताल प्रशासनबाट ह्याकिङसम्बन्धी कुनै पनि जानकारी नआएको प्रहरीले जनाएको छ । ह्याकिङसम्बन्धी घटनामा अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० मा कुनै पनि जानकारी नआएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले बताए । यो समाचार नागरिक दैनिकमा छ ।