आलम पक्राउ प्रकरणः देउवाले भने,‘ १२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?

२ कार्तिक २०७६, शनिबार ०८:५३

काठमाडौं , काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् ।
पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् ।
‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ? कांगेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भने,‘ त्यतिबेला के हेरेर बसेको ?
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।