मोहम्मद अफताब आलमलाई पक्राउ गर्नु कांग्रेस विरुद्धको षड्यन्त्रः सभापति देउवा

१ कार्तिक २०७६, शुक्रबार १९:०१

भक्तपुर, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताउनु भएको छ ।
बोडेमा मंगलबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाउनु भएको हो ।

‘आलमलाई प्रहरी लगाएर पक्राउ गरी काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु भएको छ’ सभापती देउवाले भन्नु भयो ,‘१२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको छ।’