एजेन्सी
मुम्बई, बलिउड अभिनेता ऋतिक रोशन तथा टाइगर श्राफ अभिनीत एक्सनप्रधान चलचित्र ‘वार’ ले विश्वव्यापीरूपमा चार सय करोडभन्दा बढी भारु कमाइ गरेको छ ।
चलचित्र सार्वजनिक भएको १३ दिनको अन्तरालमा कुल ४०६ दशमलव ५ करोड भारु कमाइ गरेको भारतीयसञ्चारमाध्यमले
जनाएका छन् ।
जसमध्ये भारतमा मात्रै तीन सय ३२ करोड र डायस्पोराबाट ७९ दशमलव पाँच करोड भारु कमाएको हो । यो कमाइसँगै चलचित्रले विक्की कौशलको ‘उरीः द सर्जिकल स्ट्राइक’ लाई उछिनेको छ । बक्सअफिस इन्डियाका अनुसार सोमबार मात्र सिनेमाले १० करोड भारुको कमाइ गरेको थियो ।
चलचित्रको कुल कमाइ २६६ दशमलव २५ करोड भएको छ । यो कमाइले अभिनेता सलमान खानको ‘भारत’ को कीर्तिमान तोडेको छ । ‘वार’ मा अभिनेताद्वय ऋतिक र टाइगरका साथै, वाणी कपुर, अनुप्रिया तथा दीपानिता शर्माको मुख्य भूमिका रहेको छ । यो चलचित्र हिन्दीका साथै तमिल तथा तेलगूमा भाषामा समेत रिलिज गरिएको छ ।