अब प्रचण्ड प्रधानमन्त्रीः वामदेव गौतम ( भिडियोसहित)

३० आश्विन २०७६, बिहीबार १६:१९

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने खुलासा गर्नु भएको छ । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले अध्यक्षद्धय ओली र प्रचण्डबीच आलोपालो सरकार सञ्चालनबारे सहमति भएको कुरा पुष्टि समेत गर्नु भयो ।

https://youtu.be/q3WskP-3ygc

नेता गौतमले आफ्नो पार्टी नेपाली जनताको साथी र असल मित्र रहेको पनि बताउनु भयो । उहाँले भन्नु भयो ,‘अब देशभित्र रहेको गरिबी समाप्त पार्ने काम यो पार्टीले गर्छ । अहिले हामीलाई मुलुकलाई अघि बढाउने ऐतिहासिक अवसर प्राप्त भएको छ । सोहीअनुसार वर्तमान सरकार अघि बढिरहेको छ ।’ आगामी तीन वर्षभित्र देशलाई आफूहरुले धेरै माथि उठाउनेपनि उहाँको दाबी छ ।
उहाँले मुलुक यतिवेला समाजवादउन्मुख दिशामा नै अघि बढिरहेको बताउनु भयो । गौतमले भन्नु भयो ,‘यो समाजवादउन्मुख होईन कि मेरो लाईन त समाजवाद नै हुनुपर्छ भन्ने हो । समाजवादउन्मुख भनेर संविधान र पार्टीको कार्यक्रमले पनि भनिसकेको सुनाउँदै आफूले त समाजवाद नै लागु गरिहालौं भनेको बताउनु भयो । नेता गौतमले यो देशमा कम्युनिष्ट पार्टीलाई कहिल्यैपनि र कसैलेपनि पराजित गर्न नसक्ने बताउनु भयो । रिपोर्टर्स नेपालबाट