उडान ढिला गरेको भन्दै सांसद साहद्वारा विमानस्थलमा तोडफोड, सांसदलाई कारबाही नगरे जनकपुर उडान नगर्ने

२७ आश्विन २०७६, सोमबार १९:२५

काठमाडौं , राजपाका सांसद प्रमोद साहले उडान ढिला भएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गर्नु भएको छ । सर्लाहीबाट निर्वाचित सांसद साहले उडान ढिला भएको भन्दै बुध्द एयरको काउन्टरमा तोडफोड गर्नु भएको थियो । वायुसेवा सञ्चालक संघ नेपालले विमानस्थलमा तोडफोड गर्ने सांसदलाई कारबाही नगरे जनकपुर उडान नगर्ने चेतावनी दिएको छ ।

वायुसेवा सञ्चालक संघले भर्त्सना गर्दै दोषीलाई सातदिन भित्र कारबाहीको माग गरेको छ । नभए उडान नगर्ने चेतावनी दिएको छ । संघका अध्यक्ष क्या रामेश्वर थापाले सोमबार जारी गरेको विज्ञप्तिमा जनकपुर विमानस्थलमा उडान ढिलो भएका कारण सांसद साहले बुद्द एअरको चेक इन काउन्टरमा तोडफोड गरेको तथा कम्पनीका कर्मचारीमाथि अभद्र व्यवहार गरेको उल्लेख छ ।

सातदिन भित्र कारबाही हुनु पर्ने माग राखेको छ । यदि राजपाका सांसद साहलाई कारवाही नभए सुरक्षाका कारण जनकपुर विमानस्थलमा सम्पूर्ण नियमित उडान स्थगत गर्ने चेतावनी संघले दिएको छ ।