गुल्मी , गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गौरिखुट्टा बस्ने ४६ बर्षिय तुलसादेवी घिमिरेको ज्यान गएको हो ।
बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारको लागि पाल्पा लैजादैँ गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । अहिले शव पोष्ट पाटमको लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।