
रौतहट , नेपाली काँग्रेसका नेता तथा रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद मोहम्मद आफताब आलम पक्राउ पर्नु भएको छ ।
प्रहरीले आलमलाई उहाँको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।
२०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा आलमलाई पक्राउ गरिएको बुझिएको छ । उहाँ पूर्व श्रममन्त्री समेत हुनुहुन्छ ।
प्रहरीका अनुसार ०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टीमा जलाएर मारेको आरोप आलममाथि छ । मारिएकामध्ये दुईजनाका परिवारले आलमविरुद्ध जाहेरी दिएका थिए ।
