काठमाण्डौ , महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले १८ लाख ९२ हजार रुपैयाँ नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा शनिबार राति २ बजे उनिहरु पक्राउ परेका हुन ।
प्रहरीले पक्राउ परेकासँग १८ लाख ९२ हजार रुपैयाँ नगद र तास बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।