पाल्पा , जनप्रतिनिधिसहित पाल्पामा १९ जना जुवाडे पक्राउ परेका छन् ।तानसेन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बिष्णुबहादुर कार्कीसहित १९ जनालाई जुवाखालबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तानसेन नगरपालिका–१, गैरेगाउँस्थित होमराज बस्यालको घरबाट ५ लाख ५५ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।