दाङ , दाङमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर बिरामी भएका छन् ।
घोराही उपमहानगरपालिका –१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरीको सर्पले डस्दा मृत्यु भएको हो । चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यस्तै, सर्पको टोकाइबाट दाङको शान्तिनगर गाउँपालिका वडा न २ बाघमारेका ६० वर्षीय रामबहादुर रावत गम्भीर बिरामी हुनु भएको छ । सर्पले बायाँ खुट्टामा आफ्नै घरको बरान्डामा बसिरहेको अवस्थामा टोकेको थियो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा बिरामी रावतको उपचार भइरहेको छ ।