
काठमाडौं , निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि बिहीबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको मानगरिय प्रहरी वृत अनामनगरले बताएको छ।
प्रहरी हिरासतमा रहनु भएका महराको स्वास्थ्य अवस्था बिग्रदै गएपछि प्रहरीले उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको बुझिएको छ। उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभावजस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो।
