
काठमाण्डौ , चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिजुली बजार पुल र तीनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ ।
प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई ब्यानर च्यात्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । प्रहरीले पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको जनाएको छ।
प्रहरीले यसअघि पनि काठमाण्डौको बौद्ध र ललितपुरको जावलाखेलबाट सीको स्वागतका लागि भइरहेको तयारीलाई विथोल्न खोज्ने पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछ गरेर छाडेको थियो ।
