१३ वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा लिम्बू पक्राउ

२२ आश्विन २०७६, बुधबार १४:५५

पाँचथर , पाँचथरका एक युवक बालिका बलात्कार प्रयासको आरोपमा तेह्रथुममा पक्राउ परेका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिका–४, रानीगाँउ घर भई म्याङलुङमा कोठा भाडामा बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बू १३ वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालिकाको कोठामै मंगलबार राति साढे ९ बजेको समयमा गएर बलात्कार प्रयास भएको पीडितका अभिभावकको उजुरीको आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक (इन्सपेक्टर) नारायण गौतमले बताउनुभयो ।घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।