सुरक्षाको घेरा भित्र रोशनी शाही

१५ आश्विन २०७६, बुधबार १९:०५

काठमाडौं, कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीलाई सरकारको निर्देशनअनुसार प्रहरीले सुरक्षा दिएको छ ।

शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना प्रहरी सहायक निरीक्षक खटाएको छ । शाहीले आफूमाथि महराबाट बलात्कार भएको भनेर बोलेको भोलिपल्टै बयान फेरेकी थिईन् । उनले हिजोमात्रै आफूलाई फसाईएको बताउँदै यो प्रकरणमा महराको कुनै दोष नभएको बताएकी थिईन् ।