
चितवन, नारायणगढबाट काठमाण्डौतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
ना४ख १३२१ नम्बरको माईक्रो पिपलको रुखमा ठोक्किएर दुर्घटना हुँदा माइक्रोमा सवार १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये ९ जनाको अवस्था मध्यम रहेको छ भने ५ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
उनीहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । ईच्छाकामना ४ जलबिरेस्थित मुग्लिङ नारायणगढ सडकखण्डमा आफैँ अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जानाएको छ ।
