
काठमाडौं , प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले यौन दुराचारको आरोप लागे पछि पदबाट राजीनामा दिनु भएको छ ।
सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी थिईन । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ ।
यसै बिषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख महराको राजीनामा माग गरेको हो । यस बारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।
यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सामाजिक संजाल देखी बिभिन्न मिडियामा आलोचना भइरहेको छ ।

