
काठमाडौं, सभामुख कृष्ण बहादुर महरालाई लागेको करणीको आरोप निराधार रहेको उहाँका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ती जारी गर्दै आरोपको खण्डन गर्नु भएको छ ।
सभामुख आइतवार घट्ना भएको समयमा आफ्नै निवासमा रहेको पनि विज्ञप्तिमा जनाईएको छ। कर्मचारी समायोजनको बिषयलाई लिएर महिला कर्मचारीले असन्तुष्टी पोखेको विज्ञप्तिमा जनाईएको छ।
सभामुखलाई लगाईएको निराधार र कपोलकल्पित आरोपप्रति सचिवालयले कडा आपत्ती जनाईएको जारी विज्ञप्तीमा भनिएको छ। सभामुख महरालाई संसद सचिवालयकी एक महिला कर्मचारी माथि करणी गरेको आरोप लागेको छ।

