स्वास्थ्य सचिव डा पुष्पा चौधरीद्वारा राजीनामा

४ कार्तिक २०७६, सोमबार १४:०४

काठमाडौँ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले सचिव पदबाट राजीनामा दिनु भएको छ ।

स्वास्थ्य मन्त्रालायका अनुसार चौधरीको राजीनामा स्वीकृत भने हुन बाँकी रहेको छ ।

विश्व स्वास्थ्य संगठनको पि फाइभ तहमा नाम निकाल्न सफल भएपछि डा चौधरीले राजीनामा दिएको बताइएको छ ।

डा चौधरी गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा जानु भएको थियो । चौधरीले राजीनामाबारे पटकपटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उहाँको राजीनामा स्वीकृतिमा आनाकानी भएको बताइएको छ ।डा चौधरी अदालत गएर सरकारको निर्णय उल्टिएपछि नै स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव रहेका थिए ।

विश्व स्वास्थ्य संगठनको भारतस्थित कार्यालयमा संगठनको पि फाइब लेभलमा जागिर खान जानकै लागि उहाँले सर्वोच्चको मुद्दा पनि फिर्ता लिइएको बुझिएको छ। रातो पाटीबाट