सिरहामा पटकासहित दुई युवक पक्राउ

३० आश्विन २०७६, बिहीबार ०८:०५

सिरहा , सिरहा प्रहरीले पटकासहित दुई युवकलाई पक्राउ गरेको छ । भारतबाट अवैध रूपमा भित्र्याइएको पटाका, सिरहाको विभिन्न ठाँउबाट प्रहरीले पक्राउ गरेको हो ।

सिरहा नगरपालिका–१९ स्थित प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी गस्ती टोलीले स ६ प १७९ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्दा गोलबजार नगरपालिका–८ बस्ने वर्ष २१ को शम्भु साह र पछाडि सवार २४ वर्षीय रुबेल मण्डलको साथबाट कोभरा पटाका १५० प्याकेट, सानो फुलझरी ५ प्याकेट, कमाण्डो बम १० प्याकेट, चकलेट बम २० प्याकेट, हाइड्रो बम १० प्याकेट, नागीन छाप पटाका १ सय ५० प्याकेट, अन्दाजी १६ हजार मूल्य बराबरको पटका मोटरसाइकलसहित मानिस पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसै गरी सिरहा नगरपालिका–१५ सुखचैनास्थित इलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा ७ सय ५० प्याकेट नागीन पटाका, सुतली बम पाँच प्याकेट गरी करिब ५० हजार बराबरको पटका नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको प्रहरीले जनाएको छ ।