सिन्धुपाल्चोकमा युवकको विभत्स हत्या

१ कार्तिक २०७६, शुक्रबार ०८:५५

सिन्धुपाल्चोक , एक युवकको सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति विभत्स हत्या गरिएको छ ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो ।

शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ । बिहीबार दिउँसो उनीहरुबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।