ललितपुर फाल्कन्स् क्रिकेट टोलीको मुख्य प्रायोजकमा एस टि सि स्पोर्टस

२७ आश्विन २०७६, सोमबार १८:३१

ललितपुर, नेपालमै पहिलो पटक हुन गईरहेको वुमन च्याम्पियन लिग २०१९ मा सहभागीता जनाउन लागेको ललितपुर फाल्कन्स् क्रिकेट टोलीलाई एस टि सि स्पोर्टसले मुख्य प्रायोजकका रुपमा सघाउने भएको छ ।

ललितपुर फाल्कन्स् क्रिकेट टोलीसँग सम्बन्धित प्रायोजकहरुको घोषणाका साथै खेलाडी जर्सीको पहिलो पटक सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रम माझ सो जानकारी गराईएको हो ।

कार्यक्रम मार्फत खेलाडी जर्सीको बनावट र रंगको साथसाथै फाल्कनसँग सम्बन्धित पार्टनरहरुको लोगो अंकित जर्सी समेत सार्वजनिक गरिएको छ ।

ललितपुर फाल्कन्सको सह प्रायोजकमा कृषि बिकास बैंक लिमिटेड, एसोशियट पार्टनरमा एडुकेशन पार्क र भियानेट, मेडिकल पार्टनरमा स्टार हस्पिटल( सानेपा, स्ट्राटेजी पार्टनरमा आइडिया शप प्रालि र सहयोगीमा जिजि माछान, ज्यापु समाज यल, ललितपुर चेम्बर अफ कमर्श र ललितपुर महानगरपालिका रहेका छन ।