प्रधानमन्‍त्रीसँग सम्बन्ध बिग्रिएको छैनः प्रचण्ड

५ कार्तिक २०७६, मंगलवार १६:१२


फाइल तस्बिर।

फिदिम , पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मिडियामा आएजस्तो पार्टी नेतृत्वमा तिक्तता नरहेको बताउनु भएको छ । नेकपा पाँचथरले आयोजना गरेको एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच मिडियामा आएजस्तो गरी सम्बन्ध नबिग्रिएको बताउनु भयो । उहाँले भन्नु भयो, तपाईहरु भ्रममा नपर्नुहोस्, मिडियामा आएजस्तो सम्बन्ध चिसिएको छैन।,

यद्यपी पार्टी एकताको क्रममा भएका केही सम्झौता कार्यान्वयन गर्न ढिलो भएको उहाँको भनाई थियो । सम्झौता कार्यान्वयन हुने चरणमा छन्, प्रचण्डले भन्नु भयो, मलाई विश्वास छ सबै सम्झौता कार्यान्वयन हुन्छन्।,

पार्टीभित्र कुनै किसिमको असहमति नरहेता पनि सम्झौता कार्यान्वयमा ढिलो भएकोप्रति प्रचण्डको शंका थियो। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि प्रचण्डसहित महासचिव विष्णु पौडेले र संसदीय दलयका उपनेता सुवास नेम्बाङको समेत उपस्थित छ ।