प्रदेशमाथि संघ हावी बन्ने सम्भावना

९ कार्तिक २०७६, शनिबार १०:०९

काठमाडौं , संघीय संविधान जारी भएको चार वर्ष भइसक्दासमेत प्रदेशमाथि संघ हावी बन्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन)ले गरेको स्थलगत अध्ययनअनुसार संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन सकेको छैन ।

तीन तहका योजना र कार्यक्रम दोहोरिने समस्या पनि उत्तिकै रहेको अध्ययनमा देखिएको छ । ‘संघले प्रदेशको कार्य विवरणअनुसार संरचना हस्तान्तरण गर्न आनाकानी गरिराखेको छ । संघीय संसद्मा दर्ता भएका महत्वपूर्ण विधेयका प्रावधानले प्रदेशका संरचना निर्माण र त्यसको काममा उपयोगी बन्नेभन्दा संघलाई नै बलियो बनाउने संकेत देखिएका छन् ।’ अध्ययनको निष्कर्ष निकालेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।