डा केसीको चेतावनीः माग पूरा नभए १३ कात्तिकबाट आमरण अनशन

२७ आश्विन २०७६, सोमबार ११:५६

काठमाडौं , डा गोविन्द केसीले आगामी १३ कात्तिकबाट पुनः अनसन बस्ने चेतावनी दिनु भएको छ । स्वास्थ्य क्षेत्र सुधारलगायतका विषयलाई माग राखी पटक पटक केसी अनशन बस्दै आउनु भएको छ । सरकारलाई माग पूरा गर्न ८ कात्तिकसम्मको अल्टिमेटम दिनु भएका डा केसीले तोकिएको समयावधिभित्र माग पूरा नभए १३ कात्तिकबाट अनसन बस्ने बताउनु भएको हो ।

शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार पत्रकार सम्मेलन गरी डा केसीले विगतका अनसनका क्रममा धेरै सम्झौता भएको तर कार्यान्वयन नभएको बताउनु भयो ।
डा केसीले विशेषगरी चिकित्सा क्षेत्रमा सुधार, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाहीलगायतका माग अघि सार्नु भएको छ ।