जेठानी र देबरानीबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु

२२ आश्विन २०७६, बुधबार १०:४८

धनुषा , धनुषामा जेठानी र देबरानीबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । जेठानीले प्रहार गरेको छुराबाट देवरानीको मृत्यु भएको हो ।

घटना जिल्लाको औरही नगरपालिका–१, झिटकैयामा भएको हो । अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच भएको विवाद छुरा प्रहारसम्म पुग्दा सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।