के वान किक बक्सिङ्ग च्याम्पियनशिपमा भाग लिने नेपाली खेलाडीको बिदाई

२८ आश्विन २०७६, मंगलवार १८:०८

काठमाडौं, भारतको कोलकत्तामा हुनगइरहेको प्रोफेशनल के वान किक बक्सिङ्ग च्याम्पियनशिप प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थानको तयारीमा रहेका नेपाली खेलाडीलाई मंगलबार बिदाई गरिएको छ ।
यही अक्टोबर १८, १९ र २० तारिख भारतको कोलकत्तामा हुनगइरहेको प्रतियोगितामा सहभागीता जनाउने खेलाडीहरुलाई मंगलबार एक कार्यक्रमका बिच बुशिडो कोन्सेइकाई एमएए म्युये थाईले गौरिशंकर पाटी प्यालेसमा प्रदेश सभा सदस्य राधा घलेको प्रमुख आतिथ्यतामा बिदाई गरिएको हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनको लागि नेपालको तर्फबाट मन्दीप राना मगर, विश्वास राई, सविन लामा, रावल ठकुरी, बरुण घले, सन्तोस साउद, विशाल तामाङ्ग र रोजेश खड्का रहेका छन् । सो प्रतियोगिताको टिम प्रशिक्षकमा बिशाल तामाङ्ग र टिम म्यानेजरमा अस्मिता रायमाझी रहेका छन । खेलाडीको लागि आवश्यक प्रशक्षिण, आउने जाने तथा व्यवस्थापन खर्च समेत क्लबले नै व्यहोरेको बुशिडो कोन्सेइकाई एमएए म्युये थाइका अध्यक्ष उमेश गुरुङ्गले कार्यक्रममा जानकारी दिए । उनले खेलाडी व्यवसायीकरण गर्न अझै पनि राज्य चुकिरहेको गुनासो व्यक्त गरे ।

प्रमुख अतिथि तथा प्रदेश सभासद राधा घलेले खेलाडीको आत्मबल बलियो बनाउन र खेलाडीका हक–अधिकारको लागि राज्यले धेरै काम गर्न बाँकी रहेको बताइन । केन्द्रदेखि स्थानीय स्तरमा रंगशाला बनाउनु पर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा प्रदेश साम्सद दिपेन्द्र श्रेष्ठ, प्रशिक्षक रामजी बज्राचार्य, सशस्त्र प्रहरीबलका प्रहरी उपरिक्षक केपी बराम लगायत प्रशिक्षकहरुले खेलाडीहरुको सक्छु भन्ने आत्मबल बलियो बनाइ खेल मैदानमा गए सफलता हात पर्ने बताए ।
कोलकत्तामा हुने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा १० राष्ट्रका खेलाडीहरु सहभागिता रहनेछ ।