कमल थापाले टेनिस उपाधि जिते

१४ आश्विन २०७६, मंगलवार १५:४०

काठमाडौं , नेपाल लन टेनिस एशोशियसनद्वारा काठमाडौंमा आयोजित “नेपाल आईटिफ सेकेण्ड वल्ड र्याङ्किङ्ग च्याम्पियनसीप ग्रेड ३“ को ५५ बर्ष उमेर समुहको उपाधी कमल थापाले जितेका छन् ।
आज सातदोबाटो स्थित टेनिस कोर्टमा भएको खेलमा राप्रपा अध्यक्ष समेत रहेका थापाले प्रतिद्वन्द्वी प्रदीप बहादुर शाहलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । यस अघि पोखरामा आयोजित खेलमा पनि ५५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै उपाधि थापाले जितेका थिए ।