अन्तर्राष्ट्रिय मिडियामा पनि महराकै चर्चा

२० आश्विन २०७६, सोमबार १०:४६

काठमाडौं , नेपालका निवर्तमान सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा पक्राउ परेको विषयले अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चा पाएको छ ।

बीबीसीले सो विषयमा समाचार बनाउँदै उनले आफ्नै संसद सचिवालयकी स्टाफमाथि यौन दुव्र्यवहार गरेको चचा गरेको छ । भारतको पत्रिका दी हिन्दूले नेपालमा प्रजातन्त्र स्थापना भएपछि सबै भन्दा उच्च व्यक्ति यौन काण्डमा पक्राउ परेको समेत उल्लेख गरेको छ ।

भारतकै न्यूज १८ अनलाइनले हँसिया हथौडाको फोटो राखेर महराले आफ्नै स्टाफलाई यौन दुव्र्यवहार गरेको चर्चा गरेको छ । महराले महिलाको शरीरमा पनि चोट पुर्याएको समेत उल्लेख गरिएको छ ।

उनी माथि यौन काण्डको आरोप लागेको, उनले राजीनामा दिएको र अहिले पक्राउ परेका घटना समेतलाई उल्लेख गरेर उनीबारेका समाचारले अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाएका छन् । बीबीसी