
काठमाडौं , काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो जामका कारण यात्रूहरुले सास्ती खेप्नु परेको छ । कति यात्रूले गाडी जाम भएका कारण ज्यान समेत गुमाउनु परेको अवस्था छ । यसै बिच यता प्रहरीले भने अब यस क्षेत्रमा गाडीको जाम हटेको बताएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ । सडक जाम गर्न ट्राफिक प्रहरी अहोरात्र खटिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको भनाई छ ।
अघिल्लो हप्ता केही दिन नियमित वर्षा र नागढुङ्गा ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए संगै गाडीहरु बिगिँदा यात्रुले जामको समस्या झेल्नु गरेको ट्राफिक प्रहरीको भनाई छ । रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ ।
यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वटा ¥याकरसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ ।
