
काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताले नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद डा मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास गरेका छन् । नेता रिजालमाथि जिल्ला सदरमुकाम दमौलीबाट रिसिङ जाँदै गर्दा नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका हुन् ।
उद्घाटन कार्यक्रममा जान नदिन नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको बताइएको छ । यता, नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताद्वारा हतियार र लाठीले आक्रमण गर्न प्रयास भएको बताउनु भएको छ ।
उहाँले भन्नु भयो, ‘हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे । साथीहरुले जोगाउनुभयो र बचियो । प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिएको पाइयो ।’
