
काठमाडौँ , ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका छन् ।
शाहीको सीमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।
चितवनको चौबिसकोठीस्थित ग्लोबल होटलबाट माइक्रोबसमा बाहिर निस्कदै गर्दा शाहीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
