
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वर्षमा कम्तीमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ कार्यक्रमहरु सञ्चालन भइरहेको दावी गर्नु भएको छ । ४०औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले यो लक्ष्य भेट्टाउन नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनुपर्ने उल्लेख गर्नु भएको छ ।
ुनेपालमा पर्यटकीय गतिविधि, उपज एवं सेवा प्रवाह कार्यमा साझेदारीका संयन्त्रलाई चुस्त, लचिलो र व्यापक बनाउन आवश्यक देख्छु,ु उहाँले भन्नु भएको छ , पर्यटन क्षेत्रको बहुआयामिक विकासका लागि सरकारबाट सुरु गरिएका अभियानमा सधैंझै सम्बद्ध सबै क्षेत्रबाट पूर्ण सहयोग, सहकार्य र साथको अपेक्षा गरेको छु।ु
सरकारले पर्यटनका नवीनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँको दावी छ।
रोजगारी तथा वैदेशिक मुद्रा आम्दानीको दिगो र उल्लेखनीय स्रोतको रूपमा समग्र पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा नेपाल सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ।
