आजको राशिफल

१० आश्विन २०७६, शुक्रबार १०:०९

मेषः दिन मध्यम छ । कडा प्रतिस्पर्धा गरिनेछ । मनमा चिन्ता बढ्नेछ । नियमित कामलाई निरनतरता दिनु पर्नेछ ।

वृषः दिन प्रतिकूल छ । व्यवहारिक समस्याले पिरोल्नेछ । भयको वातावरण सिर्जना हुनेछ । कामप्रति सचेत रहनु बेस हुनेछ ।

मिथुनः दिन उत्तम छ । बुद्धिविवेक सार्थक रहनेछ । कामकाज र जागिरमा सफलता मिल्नेछ । सम्मान पाइनेछ । दायित्व बढ्नेछ ।

कर्कटः दिन मध्यम छ । योजना अर्थपूर्ण रहने छैन । बोलीमा प्रभाव घट्नेछ । खापानमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनेछ ।

सिंहः दिन भाग्यवर्धक रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । पढाइ लेखाइतिर गति थपिनेछ । उत्कृष्ट कार्ययोजना तय हुनेछ ।

कन्याः दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । काममा व्यवधान आउनेछ । बढी जोखिममूलक काम नगर्नु बेस हुनेछ ।

तुलाः दिन उत्तम रहनेछ । विद्याबुद्धि आयआर्जन बढ्नेछ । रमाइलो कार्यव्रmममा सहभागी भइनेछ। मन प्रसन्न हुनेछ । लाभदायक काम बन्नेछ ।

वृश्चिकः दिन राम्रो छ । नयाँ कामको अवसर मिल्नेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । उच्चस्तरीय कार्यक्रम तय हुनेछ । सम्मानित भयनेछ ।

धनुः दिन मध्यम खालको छ । आध्यात्मिक क्षेत्रमा रूचि कम हुनेछ । मनमा असन्तोष मिल्नेछ । शरीर अस्वस्थ रहनेछ । धैर्य गर्नु पर्नेछ ।

मकरः दिन प्रतिकूल छ । हानी नोक्शानी हुनसक्नेछ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

कुम्भः दिन अत्युत्तम छ । यात्रा, व्यवसाय र पारवहन कार्य सहज हुनेछ । दाम्पत्य जीवनमा सुख छाउनेछ । रमाइलो गरिनेछ ।

मीनः दिन अनुकूल छ । आटे ताकेको काम सजिलै बन्नेछ । मावली पक्ष सहयोगी रहनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।